कोषहरु
गंजराज – दिलमाया कोष

गंजराज – दिलमाया कोष अन्तर्गत १००,००० (रु एक लाख अक्षेरुपी) को कोष खडा गरिएको छ। यस कोषबाट आएको व्याज रकमबाट प्रत्येक बर्ष थुलुङ राई ड्युम्लातर्फ योगदान दिनुहुने एक जना व्यक्तित्वलाई सम्मान गरिदै आएको छ।
शंकरसिङ् – जयमाया कोष

शंकरसिङ् – जयमाया कोष अन्तर्गत १००,००० (रु एक लाख अक्षेरुपी) को कोष खडा गरिएको छ। यस कोषबाट आएको व्याज रकमबाट प्रत्येक बर्ष लोखिम स्थित जनता माध्यमिक विद्यालयबाट एस ई ई (SEE) परिक्षामा उत्कृस्ट नतिजा ल्याउने एकजना विद्यार्थीलाई प्रोत्साहन स्वरुप सम्मान गरिदै आएको छ।
ड्यामुर कोष

ड्यामुर कोष अन्तर्गत १००,००० (रु एक लाख अक्षेरुपी) को कोष खडा गरिएको छ। यस कोषबाट आएको व्याज रकमबाट प्रत्येक बर्ष लोखिममा संस्कृति बचाउने विभिन्न प्रतियोगितात्मक कार्यक्रमका विजेता टिमलाई प्रोत्साहन स्वरुप सम्मान गरिदै आएको छ।