आदरणीय थुलुङ राई समुदायका महानुभावहरू, तथा स्वदेश–विदेशमा रहनु भएका सम्पूर्ण शुभेच्छुक दाजुभाई तथा दिदीबहिनीहरूमा हार्दिक नमस्कार।
नेपालमा रहेका आदिवासी जनजातिहरूमध्ये थुलुङ राई समुदाय एक विशिष्ट पहिचान बोकेको समुदाय हो, जसको आफ्नै भाषा, संस्कार, संस्कृति, कला, साहित्य, इतिहास, मुन्दुम तथा मौलिक भेषभूषा रहेका छन्। यिनै अमूल्य पहिचानहरूलाई संरक्षण, संवर्द्धन र पुस्तान्तरण गर्दै समग्र थुलुङ राई समुदायको सामाजिक तथा सांस्कृतिक विकास गर्ने उद्देश्यले थुलुङ राई संस्कृति प्रतिष्ठान संस्था स्थापना गरिएको हो। यसै उद्देश्यलाई मूर्तरूप दिनका लागि सोलुखुम्बु जिल्ला, थुलुङ दुधकोशी गाउँपालिका, वडा नं. ९, तोसिखोम, लोखिममा कम्तीमा ५० रोपनी जग्गा खरिद गरी “बृहत्तर किरात थुलुङ राई सांस्कृतिक पार्क” निर्माण गर्ने दीर्घकालीन योजना अघि सारिएको छ। उक्त सांस्कृतिक पार्क थुलुङ राई समुदायको भाषा, संस्कार, संस्कृति, मुन्दुम, इतिहास, कला तथा साहित्यको अध्ययन, अनुसन्धान र संरक्षणको केन्द्रका रूपमा विकास गरिनेछ। यो ऐतिहासिक तथा दूरदर्शी अभियान सफल बनाउन सम्पूर्ण थुलुङ राई समुदाय तथा शुभेच्छुक महानुभावहरूको आर्थिक, नैतिक र भौतिक सहयोग अपरिहार्य रहेको छ। त्यसैले, आफ्नो सामर्थ्य र इच्छा अनुसार आर्थिक सहयोग गरी यस पवित्र कार्यमा सहभागी भइदिनुहुन हार्दिक अपिल गर्दछौं।
यसै क्रममा सहयोगीदाताहरूको सम्मान तथा अभिलेख व्यवस्थापन यस प्रकार रहनेछः
- रु. १ देखि २५,००० सम्म सहयोग गर्ने दाताहरूको नाम संस्थाको वेबसाइट तथा अभिलेखमा
- रु. २५,००१ देखि ५०,००० सम्म सहयोग गर्ने दाताहरूको नाम संस्थाको वेबसाइट तथा ताम्रपत्रमा
- रु. ५०,००१ वा सोभन्दा माथि सहयोग गर्ने दाताहरूको नाम संस्थाको वेबसाइट तथा शिलापत्रमा स्थायी रूपमा सुरक्षित गरिनेछ।
आफ्नो भाषा, संस्कृति र पहिचान जोगाउने यो साझा अभियानमा तपाईंको सानो योगदानले पनि ठूलो अर्थ राख्दछ भन्ने विश्वास लिएका छौं। तपाईंको अमूल्य सहयोग र सद्भावप्रति थुलुङ राई संस्कृति प्रतिष्ठान सधैं कृतज्ञ रहनेछ। धन्यवाद।
भवदीय,
थुलुङ राई संस्कृति प्रतिष्ठान तोसिखोम, लोखिम, सोलुखुम्बु
(संस्था ऐन २०३४ अनुसार दर्ता जि.प्र.का.
सोलुखुम्बु दर्ता नं. ३३८ स्थायी लेखा नं. ६०१७१८३७९)
Initial Work






अहिले सम्म प्राप्त सहयोग रकम
| क्र. सं. | नाम | ठेगाना | सहयोग रकम |
|---|---|---|---|
| १ | गोबर्धन राई | थुलुङ दूधकोसी गापा-४, जुबु सोलुखुम्बु | १,००,२०० /- |
| २ | दुतिमान राई | थुलुङ दूधकोसी गापा-९ लोखिम सोलुखुम्बु | १,००,००० /- |
| ३ | निर्कु धन राई | थुलुङ दूधकोसी गापा-९ लोखिम सोलुखुम्बु | १,०१,००० /- |
| ४ | विकास राई | थुलुङ दूधकोसी गापा-९ लोखिम सोलुखुम्बु | ५५५०० /- |
| ५ | भुपराज राई/सरिता राई | सिद्धिचरण नगरपालिका ३, नारान्स्थान ओखलढुङ्गा | ५५५०० /- |
| ६ | भुपाल सिं राई | थुलुङ दूधकोसी गापा-९ लोखिम सोलुखुम्बु | ५५५०० /- |
| ७ | गणेश राई | थुलुङ दूधकोसी गापा-९ लोखिम सोलुखुम्बु | ५५५०० /- |
| ८ | यस बहादुर राई | नेचा सल्यान २ सल्यान चौर | २५०२५ /- |
| ९ | गणेश राई | थुलुङ दूधकोसी गापा-५ जुबु सोलुखुम्बु | ५५००० /- |
| १० | पूर्णमान राई | थुलुङ दूधकोसी गापा-४ जुबु सोलुखुम्बु | २५०२५ /- |
| ११ | भोजराज कार्की | थुलुङ दूधकोसी गापा-७ देउसा सोलुखुम्बु | ५०५५५ /- |
| १२ | हस्त बहादुर राई | थुलुङ दूधकोसी गापा-९ लोखिम सोलुखुम्बु | ५५५५५ /- |
| १३ | वासखोम समूह लोखिम | थुलुङ दूधकोसी गापा-९ लोखिम सोलुखुम्बु | २५५२५ /- |
| १४ | गेल्जेन शेर्पा | थुलुङ दूधकोसी गापा-९ लोखिम सोलुखुम्बु | २५५२५ /- |

