थुलुङ राईसंग सम्बन्धित दस्तावेजहरु


खालीमुईमा अगम सिंग देवसा राईका नाति पत्रकारिताको प्राध्यापक लाल देउसा राई ज्युले उहाँको स्वयं हजुरबुबा (बेबे)द्वारा लिखित थुलुङ भाषाको ऐतिहासिक पहिलो व्याकरण –आशलच्छी शिक्षा– थुलुङ राई समुदायको भाषा, संस्कार, सस्कृति संरक्षण तथा खोज अनुसन्धान गर्ने अध्येताहरुका लागि स्रोत पुस्तकको रुपमा २०७६ सालमा उहाँकै निजी निवास बालाजुमा थुलुङ राई भाषाको पुस्तक लेखन समितिलाई उपाहार स्वरुप दिनु भएको PDF File!
प्रकाशन मिति : सन् १९४४ अप्रिल, दार्जिलिङ, भारत

डाउनलोड गर्नुहोस
Oganem

विभिन्न विधाहरुमा (मानवशास्त्र, इतिहास, पर्यटन, धर्म) कलम चलाउनु हुने लेखक तथा कुशल राजनीतिज्ञ हिमाल गिरी ज्युले थुलुङ राई समुदायको ऐतिहासिक राजदरबारबारे लेख्नु भएको ओगानेम – राजदरबार– पुस्तकलाई विद्युतिय माध्यमद्वारा प्रकाशन प्रशासरण गर्ने अनुमती सहित सप्रेम २०८२ । ०२ । ०६ गतेका दिन प्रदान गर्नु भएको छ ।

डाउनलोड गर्नुहोस
nirku dhan rai paribung

जिवन र वनस्पतिको पहिलो आधार पञ्च तत्व हो भन्ने अकाट्य सत्यलाई आत्मासाथ गर्दै किरात दर्शनमा थप तत्वको मान्यता रहेको छ जुन पितृतत्व हो । यसर्थ किरात दर्शन अनुसार जीव र वनस्पतिले यस जगतमा अस्तित्व पाउनको लागि षष्ठी तत्व अपरिहार्यता छ 

डाउनलोड गर्नुहोस
thulung namakaran

थुलुङ दुधकोसी गाउँपालिका नामकरण अभियान र उपलब्धी

डाउनलोड गर्नुहोस

किरात समन्वय समितिले सबै किराती भाषाका वर्णहरूलाई प्रतिनिधित्व गर्ने साझा ‘किरात सिरिजङ्गा लिपि’ बर्णमाला बनाउने गरी समायोजन कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले  किरात समन्वय समितिलाई पेश गरिसकेपछि  आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले  प्रतिवेदन प्रकाशन गरेको थियो । यो ऐतिहासिक प्रतिवेदनको PDF कपी सबैले अध्यायन गर्नु होला ।

डाउनलोड गर्नुहोस

सोलुखुम्बु जिल्ला, थुलुङ दुधकोसी गाउँपालिका वडा नम्बर ६ मुलिदेलमा अवस्थित पुरातात्विक महत्वका ओगानेम (किरात थुलुङ राई राजदरबार) संरक्षणको अभावमा लगभग लोप भईसकेको अवस्थामा थुलुङ दुधकोसी गाउँपालिकाको कार्यदेशमा अन्वषेक, लेखक हिमाल गिरी ज्युले यस ऐतिहासिक ओगानेमको बारेमा खोजमुलक प्रतिवेदन तयार गर्नु भई मिति २०८२ साल साउन २९ गतेका दिन उल्लेखित पुरातात्विक स्थानको अभिलेखिकरणको लागि राष्ट्रिय अभिलेखालय, पुरातत्व अधिकृत राम बहादुर कुँबर ज्युलाइ हस्तान्तरण गर्नु भयो ।

राष्ट्रिय अभिलेखालयमा उल्लेखित प्रतिवेदनको प्रतिलिपि पाउँ भनि प्रतिष्ठानद्वारा भएको निवेदन दर्ता नम्बर ५२१ हो ।

डाउनलोड गर्नुहोस
Oganem

सोलुखुम्बु जिल्ला, थुलुङ दुधकोसी गाउँपालिका वडा नम्बर ६ मुलिदेल स्थित ऐतिहासिक ओगानेम (थुलुङ राजदरबार) को बारेमा अध्यताद्वय चन्द्रकुमार राई “हतुवाली” र डा. हरिध्वज राईज्युबाट लिखित अनुसन्धनात्मक प्रतिवेदन २०८०

डाउनलोड गर्नुहोस
Ogamen copy

सोलुखुम्बु जिल्ला, थुलुङ दुधकोसी गाउँपालिका वडा नम्बर ६ मुलिदेल स्थित ओगानेमको भग्नावशेषलाई कसरी पुन निर्माण गर्न सकिन्छ भन्ने विषय उपर भएको धेरे पटकको छलफल पश्चात विज्ञ समूहद्वार प्रदान गरिएको सुझावको pdf पढ्नु होला ।

डाउनलोड गर्नुहोस